Techie IT
बुधबार, माघ २३,२०८१

नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण


काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।

अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’


क्याटेगोरी : खेलकुद
ट्याग : #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Haze
6:46 am5:48 pm +0545