अतिरिक्त समयमा दुई गोल गर्दै कोष्टारिकामाथि ब्राजिलको विजय

विश्वकपको उपाधी दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ ।
निर्धारित समयसम्म कुनै गोल नभएपछि छ मिनेट थप गरिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमै ब्राजिलका कौन्टीन्होले पहिलो गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए ।
अतिरिक्त समय सकिनै लाग्दा नेइमारले अर्को गोल गरेर ब्राजिलका समर्थकहरुको चाहना पुरा गराएका थिए ।
नेइमारको गोलको व्यग्रप्रतिक्षामा रहेका उनका समर्थकहरूले उनको गोल हेर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिललाई शुक्रबारको खेलमा पनि कोस्टारिकाले निकै गाह्रो पारेको थियो ।
अधिकांश समय बल ब्राजिलका खेलाडीहरुले नियन्त्रणमा लिएर गोलपोष्टमा प्रहार गरेपनि कोस्टारिकाका गोलकिपर केलर नभासले गोल हुनबाट जोगाएका थिए ।
थपेको समयमा बल समात्नेक्रममा लडेर कोस्टारिकाका गोलकिपर घाइते भएपछिको समयलाई ब्राजिलले राम्रैसँग उपयोग ग¥यो ।
ब्राजिलसँगको पराजयसँगै यस पटकको विश्वकपमा कोस्टारिका दुवै खेलमा हारेर स्तब्ध हुने देश बनेको छ । पहिलो खेलमा कोस्टारिका सर्बियासँग हारेको थियो ।
ब्राजिलबाट पनि विश्वकप सुरु हुनु अगाडी जुन तरिकाले अपेक्षा गरिएको छ । त्यो अनुसारको खेल प्रदर्शन हुन सकेको छैन ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि ब्राजिलप्रतिको भरोसामा कमी आएको छ । कोस्टारिकामाथिको जितसँगै खेल सुधार्ने मौका भने ब्राजिलले पाएको छ ।
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार नै नेपाली समय अनुसार पौने नौ बजे नाइजेरिया र आइसल्याण्ड भिड्न लागेका छन् भने पौने १२ बजे सर्विया र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #विश्वकप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्