Techie IT
सोमबार, वैशाख ८,२०८२

कङ्गोमा नेपाली शान्ति सैनिक घाइते


काठमाडौ‌ । संयुक्त राष्ट्रस‌‌ंघको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिक ‘अप्रेसन बाली’का क्रममा घाइते भएका छन् ।

प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

घाइतेको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।


क्याटेगोरी : स्थानीय, देश परदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545