Techie IT
आईतबार, वैशाख ७,२०८२

विश्वमा आजः जापानद्वारा चीन पराजित ,अमेरिकी गृहयुद्धको रक्तपातपूर्ण दिन


आज सेप्टेम्बर १७ । आज चीन–जापान युद्धमा चीनको पराजयदेखि अमेरिकी गृहयुद्धमा भंयकर रक्तपात भएको थियो । त्यस्तै, आजबाटै युरोपेली मुलुक फिनल्यान्डको वर्षौं लामो युद्ध अन्त्य भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर
सन् १९७८ मा इजिप्टका तत्कालिन प्रधानमन्त्री अनवर एल सादत र इजरेली प्रधानमन्त्री मेनाचेम विगीनले अमेरिकाको क्याम्प डेभिडमा भएको एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् १९७९ मा इजिप्ट र इजरेलबीच भएको एतिहासिक शान्ति सम्झौता नै क्याम्प डेभिड हस्ताक्षरको परिणाम थियो । सोही सम्झौताका लागि अनवर र विगीनले नोवेल शान्ति पुरस्कार पाएका थिए ।

आधा घन्टामा १० हजार मिटर दौड
सन् १९३९ मा फिनल्यान्डका धावक ताइस्तो माकीले २९ मिनेट ५२ सेकेन्डमा १० हजार मिटर दौडेर म्याराथुनको इतिहासमा पहिलो विश्व रेकर्ड राखेका थिए ।

जापानद्वारा चीन पराजित
प्योङयाङ युद्ध जितेको भोलिपल्ट जापानले चीनमाथि विजय हाँसिल गरेको थियो । व्याटल अफ दी येलो सि भनिने सो युद्धमा जापान र चीनका सेनाबीच भीषण लडाइँ भएको थियो ।

अमेरिकी गृहयुद्धको रक्तपातपूर्ण दिन
सन् १८६२ मा अमेरिकाको म्यारिल्यान्डमा गृहयुद्ध भएको थियो ।  १७ सेप्टेम्बरलाई म्यारिल्यान्ड युद्धको रक्तपातपूर्ण दिन मानिन्छ । सोही दिन मात्र ४ हजारको मृत्यु भएको थियो ।

फ्रेडरिक्साम सम्झौतामा हस्ताक्षर
सन् १८०९ मा स्वीडेन र रसियाबीच फ्रेडरिक्साम सन्धीमा हस्ताक्षर भएको थियो । सो सन्धीले फिनल्यान्ड युद्ध अन्त्य भएको थियो ।


क्याटेगोरी : देश परदेश
ट्याग : #अमेरिकी गृहयुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545