Techie IT
आईतबार, वैशाख ७,२०८२

एनआरएनए राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महासचिवमा सावित्री पौडेलको उम्मेदवारी


नेदरल्याण्ड्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नवौं राष्ट्रिय महाधिवेशन यही आउँदो ११ जुलाईमा सम्पन्न हुँदैछ। उक्त महाधिवेशनबाट चयन हुने २ वर्षे कार्यकालको महासचिव पदमा सावित्री पौडेल (साबू ) ले उम्मेदवारी दिने घोषणा गरेकी छिन्।

आफु महासचिव पदमा चुनिए नेपाली समाजको हितमा काम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको दावी छ। विगतका कार्यकालमा महिला फोरम, संस्थाको संस्थापक अध्यक्ष, महिला संयोजक, एवं दुई कार्यकाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको प्रवक्ताका रूपमा कार्य अनुभव बटुलिसकेकी पौडेलले ती पदमा रहेर तथा विभिन्न अभियानहरूमा जोडिएर आफ्नो समुदायको सामाजिक उत्थान एवं महिला सशक्तिकरणको पक्षमा सदैव अग्रसर हुँदै आएको बताईन।

संघमा लामो समय आबद्ध भएर काम गर्दा संघका चुनौती र कार्ययोजनाहरु पनि नजिकबाट नियालेकी पौडेलले एकातर्फ महिलाहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर, भाषागत विकास र महिलाका हक र अधिकारको चुनौती रहेको तथा अर्कोतर्फ संस्थालाई दिगो बनाउदै एनआरएनएका राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दाहरुलाई सफल बनाउनु पर्ने सबैको अगाडी चुनौती रहेको तर्क गरिन। यस टिमले समस्त समाजको भावना र मानवीयता बोकेको हुँदा आफु लगायत सबैलाई समर्थन गर्नका लागि उनले परिषदका सबै मतदातालाई आग्रह गरेकी छिन्। ।

 

यसैको निरन्तरता र आजसम्मका सिकाईहरूबाट अझ जोश जाँगर र संकल्प सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महासचिवको रूपमा आउँदो कार्यकाल सम्हाल्दै समस्त नेपाली समुदायको हकहितका लागी एक ढिक्का भएर हातेमालो गर्दै अघि बढ्ने अभिलाषा नै आफ्नो उम्मेदवारीको एकमात्र कारण रहेको उनले बताएकी छिन्। विगतमा महिला फोरमको संस्थापक अध्यक्ष लगायतका पद तथा विविध अभियानहरूमा जोडिएर नारी सशक्तिकरण तथा नेतृत्वमा नारी सहभागिताको वकालत गरिरहेको दावी गरेकी उनले महासचिव जस्तो जिम्मेवारीपूर्ण पदमा रहेर भूमिका निर्वाह गर्न तयार भएर प्रतिद्वन्द्वी उम्मेदवारका रूपमा रहेकी एक नारीको उम्मेदवारीले आफुलाई प्रतिस्पर्धाको भाव भन्दा पनि नेतृत्वमा नारी सहभागिता हुनुपर्छ भन्ने आफ्नो विचार र आकांक्षाको जीत तथा एनआरएन नेदरल्यान्ड परिषदमा नयाँ आयामको सुरुवातको संकेतको रूपमा लिएको बताईन।

 

 

परिषदको अध्यक्ष पदमा उम्मेदवारी दिएका पदम क्षेत्री (रामचन्द्र) को प्यानललाई सपोर्ट गरेकी उनी भन्छिन,’नेदरल्यान्डमा रहेर नेपाली समुदायप्रति सदैव समर्पित पात्र जसले निस्वार्थ भावले नेपाली समुदायको पक्षमा निरन्तर काम गरिरह्यो, औँला समाएर धेरैलाई नेतृत्वदायी भूमिकाका लागि अगाडी बढाइरह्यो र हातेमालो गर्दै समग्र समुदायको पक्षमा सदैव उभिइरह्यो त्यस्तो पात्र आजपनि सतिसाल बनेर उभिएको छ ।

 


क्याटेगोरी : देश परदेश
ट्याग : #एनआरएनए राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स, #सावित्री पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545