Techie IT
आईतबार, वैशाख ७,२०८२

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महासचिव प्रत्यासी सावीत्री पौडेलको आव्हान


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नवौं राष्ट्रिय महाधिवेशन यही आउँदो 11 July, 2021 मा हुन गइरहेको कुरा हजुरहरु सबैलाई अवगत नै छ। सो महाधिवेशन मार्फत यहाँहरूको अमूल्य मतले चुनिएर नेपाली समुदायको हकहितमा काम गर्नका लागि महासचिव जस्तो महत्वपूर्ण पदमा आफ्नो उम्मेदवारी दिएको जानकारी यहाँहरू माझ गराउन पाउँदा हर्षित छु र यहाँहरूको साथ सहयोग तथा अमूल्य मतको अपेक्षा पनि गर्दछु ।

यहाँहरूलाई अवगतनै छ कि विगतका कार्यकालमा महिला फोरम जस्तो गरिमामय संस्थाको संस्थापक अध्यक्ष, महिला संयोजक एवं दुई कार्यकाल यस गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको प्रवक्ताका रूपमा कार्य अनुभव बटुलिसकेकी छु । ती पदमा रहेर तथा विभिन्न अभियानहरूमा जोडिएर आफ्नो समुदायको सामाजिक उत्थान एवं महिला सशक्तिकरणको पक्षमा सदैव अग्रसर हुँदै आएकी छु ।

यसैको निरन्तरता र आजसम्मका सिकाईहरूबाट अझ जोश जाँगर र संकल्प सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महासचिवको रूपमा आउँदो कार्यकाल सम्हाल्दै समस्त नेपाली समुदायको हकहितका लागी एक ढिक्का भएर हातेमालो गर्दै अघि बढ्ने अभिलाषानै मेरो उम्मेदवारीको एकमात्र कारण रहेको छ ।

विगतमा महिला फोरमको संस्थापक अध्यक्ष लगायतका पद तथा विविध अभियानहरूमा जोडिएर नारी ससक्तिकरण तथा नेतृत्वमा नारी सहभागिताको वकालत गरिरहेकिले पनि आजको दिनमा गरिमामय यस परिषदको महासचिव जस्तो जिम्मेवारीपूर्ण पदमा रहेर भूमिका निर्वाह गर्न तयार भएर प्रतिद्वन्द्वी उम्मेदवारका रूपमा अर्कि एक नारीको उम्मेदवारीले मलाई प्रतिस्पर्धाको भाव भन्दा नेतृत्वमा नारी सहभागिता हुनुपर्छ भन्ने आफ्नो विचार र आकांक्षाको जीत तथा एनआरएन नेदरल्यान्ड परिषदमा नयाँ आयामको सुरुवातको संकेतको रूपमा खुशी तुल्याएको छ । प्रतिस्पर्धी उम्मेदवारप्रति मेरो हार्दिक शुभकामना छ ।

निर्वाचन प्रजातान्त्रिक पद्धतिको एउटा सुन्दर पक्ष हो । एनआरएनए परिषद जस्तो संस्थामा जब निस्वार्थ भावले सबैको हकहित र सकारात्मक परिवर्तन तथा उत्थानका लागि यथाशक्य भूमिका निर्वाह गर्नलाई दुई वा दुईभन्दा धेरैको दाबी रहन्छ तब निर्वाचनको आवस्यकता पर्दछ, वास्तवमै यो एकदमै सामान्य कुरा हो र यसमा जीत र हार भन्नेनै रहदैन । यसमा व्यक्तिको योग्यता र मतदाताको विश्वास तथा विवेकले उक्तमहरू मध्येबाट उक्तमले भूमिकाको जिम्मेवारी पाउने मात्र हो । केवल यसमा जीत मात्रै रहन्छ, सम्पूर्ण समुदायको जीत । नेदरल्यान्डमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा त्यस्तो छनौटको लागी विवेकको कमि छैन भन्नेमा म पूर्णतः विश्वस्त छु । संघमा लामो समय आबद्ध भएर काम गर्दा संघका चुनौती र कार्ययोजनाहरु पनि नजिकबाट नियालेकी छु । एकातर्फ महिलाहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर, भाषागत विकास र महिलाका हक र अधिकारको चुनौती छ भने अर्को तर्फ संस्था आँफैलाई दिगो बनाउदै एनआरएनएका राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दाहरुलाई सफल बनाउनु पर्ने चुनौती तपाईं-हाम्रो अगाडी छ ।

मलाई विश्वाश छ यस अभियानमा तपाईंहरुको पूर्ण साथ र सहयोग मैले पाउने छु । हजुरहरुले अमूल्य मत प्रदान गरि मलाई महासचिव पदको जिम्मेवारी दिनुहुनेछ जसको लागि म अग्रिम आभार व्यक्त गर्न चाहन्छु । नेदरल्यान्डमा रहेर नेपाली समुदायप्रति सदैव समर्पित पात्र जसले निस्वार्थ भावले नेपाली समुदायको पक्षमा निरन्तर काम गरिरह्यो, औँला समाएर धेरैलाई नेतृत्वदायी भूमिकाका लागि अगाडी बढाइरह्यो र हातेमालो गर्दै समग्र समुदायको पक्षमा सदैव उभिइरह्यो त्यस्तो पात्र आजपनि सतिसाल बनेर उभिएको छ ।

आज केही शारीरिक समस्याका कारण शरीर व्हिलचेयरमा रहे पनि सकारात्मक सोचको उडान र समग्र समुदायको लागि काम गर्छु भन्ने हुटहुटीले उभ्याएको पदम क्षेत्री (रामचन्द्र) ज्यूको अध्यक्ष पदको उम्मेदवारी आफैंमा एउटा लोभलाग्दो र अनुकरणीय उदाहरण हो । हामी सबैको लागी प्रेरणा हो ।

एनआरएनए नेदरल्यान्ड परिषदको अध्यक्ष पदको उम्मेदवारीमा पदम क्षेत्री (रामचन्द्र) ज्यूको उम्मेदवारी तथा यस टिम (प्यानल)लाई समर्थन गर्दछु । यस टिमले समस्त समाजको भावना र मानवियता बोकेको हुँदा म लगायत सबैलाई समर्थन गरिदिनु हुन पनि विनम्र आग्रह गर्दछु ।


क्याटेगोरी : देश परदेश
ट्याग : #सावीत्री पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545