Techie IT
आईतबार, वैशाख ७,२०८२

एनआरएनए कतारको नवौं महाधिबेशनमा मुक्तदाको पल्ला भारी  (उम्मेदवारको नामावलि सहित)


 

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको ९ जुलाईमा हुने नवौं महाधिवेशनका लागी अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन भने अन्य बिभिन्न पदमा जम्मा ५५ जनाको उम्मेदवारी परेको कार्यसमिति चयन समितिका संयोजक रमेस भट्टले बताए । आगामी कार्यकालको लागी बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र पुर्व कोषाध्यक्ष चुडामणि कार्कीले उम्मेदवारी दर्ता गराएका छन ।
अध्यक्षका उम्मेदवार मुक्तदा जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासंघ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका बिभिन्न संघ/सँस्थाहरुको साझा उम्मेदवारका रुपमा पुन अध्यक्षमा उम्मेदवारी दिएका छन भने अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्कीलाई प्रबासि नेपालि मन्च ओली समुह कतारलगायत अन्य केहि सँस्थाले आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएका छन । कतारका बैचारिक सँस्था र अन्य ९०% संघ सँस्थाको साझा उम्मेदवार भएकाले अध्यक्षमा मुक्तदाको जित सुनिश्चित देखीएको छ भने कार्कीको उपस्थिति धेरै कमजोर देखीएको छ । मुक्तदालाई कतार स्थित बिभिन्न संघसंस्थाहरुको बलियो सर्मथन रहेसंगै जित सुनिश्चित देखिएको हो ।
कार्यसमिति चयनको लागि कार्यसमिति चयन समितिले मनोनयन दर्ता गराएका आकांक्षीहरुको शुक्रबार साँझ प्रारम्भिक नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिद्घारा जारी नामावलिमा एकै पदमा माग गरिए भन्दा बढी उम्मेद्घवारी परेपछी निर्बाचबाटै नयाँ नेतृत्व छान्नुपर्ने भएको छ ।

निर्बाचन समितिका अनुसार एनआरएनए राष्ट्रिय समन्बय परिषद कतारबाट ९ जनाले आइसीसी सदस्यमा उम्मेद्धारी दिएका छन । आईसिसि सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) ,अर्जुन मुडभरी, तेज कटुवाल र मदसिर नजरको उम्मेदवारी परेको छ । त्यस्तै आगामी कार्यकालका लागी अध्यक्षमा बर्तमान कार्यसमितिका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र चुडामणी कार्कीको उम्मेदवारी परेको छ ।
यसैगरी कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई र गफुर अहम्मद , द्धितिय उपाध्यक्षमा प्रेम चलाउने र केशबराज कार्की, महिला उपाध्यक्षमा अम्बिका खत्रीले उम्मेदवारी दिएका छन । महिला उपाध्यक्षमा खत्रीको मात्रै उम्मेदवारी परेकाले उनि निर्बिरोध निर्बाचित भएकि छिन ।

बर्तमान कार्यसमितिका महासचिव पदम गिरीले पुन महासचिवमा उम्मेदवारी दिएका छन भने उनिसंगै अफसर अलि खानले पनी महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका छन । रबिन थापा मगर, दिप जंग शाह, भवानी प्रसाद कोइराला र सुनिल कुमार घिमिरेले सचिव पदमा उम्मेदवारी दिएका छन भने बिनोद प्रसाद बसौलाले कोषाध्यक्ष र मिनराज वाग्ले , झबिन्द्र आचार्य, बालकृष्ण न्यौपानेले सहकोषाध्यक्षमा उम्मेदवारी दिएका छन । कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाको एकल उम्मेद्धारी परे संगै उनि निर्बिरोध निर्बाचित भएका छन ।

यसैगरी नानु घले ब्लोन र सन्ध्या अर्यालले महिला संयोजकमा ,
डेक ब. भारति (सुमन) र मो. कलाम हुसेनले यूवा संयोजकमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन समितिको मापदन्ड अनुसार सन्तोष रेग्मीले लेखा समिति संयोजक , टिकाराम गौतम (अमित) र गणेश भट्टले लेखा समिति सदस्यमा उम्मेदवारी दिएका छन । लेखा समितिमा रेग्मी , गौतम र भट्टको मात्रै उम्मेदवारी परेकाले उनिहरु निर्बिरोध निर्बाचित भएका छन ।
यसैगरी कार्यसमितिको सदस्यमा सेवक बि.क., खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मोहम्मद मन्नान,राम गिरी, मो मजु दिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेख र टेक बहादुर नेपालीको उम्मेदवारी परेको छ ।
अध्यक्षका उम्मेदवार मुक्तदालाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका ९०% संघ/सँस्थाहरुले समर्थन गरेका छन भने अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्कीलाई प्रबासि नेपालि मन्च ओली समुह कतारले आफ्नो उम्मेदवारको रुपमा निर्बाचनमा अगाडी बढाएको छ । यति धेरै सँस्थाहरुले समर्थन गरेपछि अध्यक्षमा मुक्तदाको जित शुनिश्चित भएको हो ।

अध्यक्ष मुक्तदासँगै कतारबाट आईसिसि सदस्य नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) ,अर्जुन मुडभरी,प्रथम उपाध्यक्ष जैबि चाम्लिङ्ग राई, दितिय उपाध्यक्ष प्रेम चलाउने,महासचिब पदम गिरि,सचिब रबिन मगर र दिपजंग शाह,सहकोषाध्यक्ष मिनराज वाग्ले,महिला संयोजक नानु घले ब्लोन र युवा संयोजक डेक बहादुर भारती(सुमन) र कार्यसमितिको सदस्यहरुमा सेवक बि.क., खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मो मजुदिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेखको जित शुनिश्चित देखिएको छ उनीहरुले धेरै मतको अग्रताले निर्बाचन जित्ने प्रारम्भिक नतिजा देखिएको छ ।

कतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी
अध्यक्षका उम्मेदवार मुक्तदाले आठौ महाधिबेशनबाट निर्बाचित भए संगै अघिल्लो कार्यकालमा अधुरा रहेका कार्ययोजनालाई पुर्णता दिन पुनः उम्मेद्धारी दिएको बताएका छन । एनसीसी कतारलाई गतिशिल नेतृत्व प्रदान गरि एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रममैत्री बनाउन पुन एक कार्यकाल काम गर्ने मुक्तदाले बताएका छन् ।
उनले भनेका छन्–‘२०१९÷२०२१ कार्यकालका लागि यहाँहरुले दिनुभएको अध्यक्ष पदको जिम्मेवारी संगै सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु, कोभिडका कारण आपसि भेटघाटमा भौतिक सहभागिताका साथ निर्धारित एबं घोषीत कार्यक्रमहरु सम्पन्न गर्न सकेनौ ।तथापी कोभिडको महामारीमा यहाहरु सबैको साथ र सहयोगको कारण अधिकतम सेवा प्रदान गर्ने अबसर प्राप्त भयो ।’ मुक्तदाले उम्मेद्धारी घोषणा संगै आफ्ना केही घोषणा पत्र समेत सार्बजनिक गरेका छन ।नेपाल बाहीर बस्ने नेपालीहरु स्वतः गैरआबासीय नेपाली हुन भन्न्ो परिभाषालाई पुर्नस्थापित गर्नका लागी अन्र्तराष्ट्रिय समन्बय परिषद मार्फत पहल गरिने जानकारी गराएका छन ।उनले बिगतमा घोषित कार्यक्रमहरु बिबिध कारणबश सम्पन्न गर्न असर्मथ भएको बताउदै ति अधुरा कामहरु सम्पन्न गर्न पुनः अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन ।उनले बतारबासी एनसीसी सदस्यहरुलाई सहयोग र सर्मथन गरि आगामी नबौं महाधिबेशनमा अध्यक्षमा निर्बाचित गरि अघिल्लो कार्यकालका बाकी कार्यभारहरुलाई पसरा गर्ने अबसर प्रदान गर्न अपिल गरेका छन ।मुक्तदालाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत सन्स्थाहरुले समर्थन रहेका दाबी गरेका छन ।यद्यपी उनको बिरुद्ध अर्को पक्षको उम्मेद्धारी पर्ने प्रबल सम्भाबना रहेको छ ।
मुक्तदाका प्रतिबद्धताहरुः
१. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त बनाईने छ ।
२. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र ,स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।
३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।
४. विगतमा नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरीरहेको र आगामि दिनहरुमा थप रचानात्मक ढङ्गवाट कार्य सम्पादन गरिनेछ ।
५. कतार सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा विगतमा नेपाली श्रमिकहरुका लागि वेलावेलामा चेतनामुलक कार्यहरु गरीएको र आगामि दिनहरुमा समेत यसको निरन्तरता र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ ।
६, प्राय नेपालीहरु कतार आउदा कतारको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।
७, २०२२ विश्वकप आयोजक राष्ट्र कतारसंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।
८, नेपालमा वेदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा कतारवाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ ।
९, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।
१०, पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

 

 


 

 


क्याटेगोरी : देश परदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545