कतारस्थित नासर अल अली कम्पनीद्धारा कामदारहरुलाई सुनको सिक्का, नगद र प्रशंसापत्र प्रदान

शिवराज गौतम
दोहा, आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेज कतारले सोही कम्पनीमा कार्यरत् नेपाल, भारत, पाकिस्तान, बंगलादेशका १ शय ३ जना कंपनीले कामदारहरुलाई प्रतिव्यक्ति ५ ग्राम सुनका् सिक्का, नगद १ हजार रियाल र प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरेको हो । हेल्पर, कार्पेन्टर, मेसन, ट्रेड लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका ती कामदारहरुलाई गत जनवरी महिनामा इमान्दार र उत्कृष्ट काम गरेवापत् सो इनाम कम्पनी मालिक नासर अल अलीले प्रदान गरे।
नासर अल अली इन्टरप्राइजेजका मालिक नासर अल अलीले नेपालमा समेत शिक्षा, स्वास्थ्य, मस्जिद, मदरसा, अनाथ बालबालिकाहरुको सहयोग लगायतका विभिन्न सामाजिक तथा मानविय कार्यहरुमा सहयोग प्रदान गर्दे उच्च योगदान पुरयाउदै आइरहेका छन् । कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनिय रहेको बताए । कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरु पनि प्रोत्साहित हुने बताए ।
कामदारहरुको वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुगेको उनी बताउँछन् । उनीहरुको कामको सर्हना गर्दै उत्साह स्वरुप कामदारहरुको मनोबल उच्च पार्न र उनीहरुको आर्थिक सहयोग होस् भनेर यसरी समयसमयमा सहयोग गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले अरु सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको नासिरले बताए ।
क्याटेगोरी : देश परदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्