नेपालमा अन्तरास्ट्रिय तेक्वान्दो महासंघको विकासक्रम

नेपालमा पहिले कुनै पनि मार्सलआर्ट खेल खेलाउन सिकाउन अनुमति दिइएको थिएन । विशेषगरी खेलकुद राज परिवारका रुचि अनुसार खेल दरबारमा मात्र सिमित थिय । देशमा भएको विभिन्न खाले परिवर्तन व्यवस्था संगै खेलकुदलाई पनि बिस्तार गरियो ।
वि.स. २०१५ साल तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद गठन गरियो पछि उक्त गठित परिषदलाई २०१७ साल फागुन १७ गते रास्ट्रीय खेलकुद परिषदमा गठित गरियो । प्रत्येक २-२ बर्षमा हुनेगरी खेल महाकुम्भ मेला प्रथम राष्ट्रिय खेलकुद २०३८ साल भदौ २७ बाट सुरुवात गरियो । मार्सल आर्ट भने तेस्रो राष्ट्रिय प्रतियोगिताबाट समावेश गरेको पाइन्छ । त्यस पछि मार्सल आर्ट अन्तर्गतका विभिन्न संघ महासंघहरु रा.खे.प. मा दर्ता गरिने सुरुवात भयो।
मार्सल आर्ट अन्तर्गत कै अत्यन्तै लोकप्रिय खेल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (Nepal International Taekwondo Federation (ITF)) पनि एक हो । कोरियाबाट उदय भयको यस खेलका संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही (General Choi Hong Hi ) थिए । General Choi Hong Hi ले तेक्वान्दो लाई art of self defence भनेका छन् ।
Taekwondo भन्नाले हात, खुट्टा, आँखाबाट खेलिने एक कलात्मक / रचनात्मक खेल हो । यस खेलको मुख्य उद्देश्य शारीरिक स्वास्थ्य संगै आत्मरक्षाका निम्ति हो । यसले बौद्धिकता, नैतिक, समाजिक परिवर्तन संगै बिश्व शान्तिको अपेक्षा राख्दछ।
नेपालमा यस खेलको सुरुवात केही समय अघि बाटै गरिएतापनि आधिकारिक रुपले २०५४ सालमा स्याङ्जाको जिल्ला प्रशासनको कार्यलयमा दर्ता गराएपछि सञ्चालनमा आएको हो । यस खेलको सुरुवातित समयमा नेतृत्वले निकै संघर्षबाट जन्मिएको एक ऎतिहासिक महासंघ हो । हिजोदेखि आज सम्म आउँदा संस्थाको नेतृत्व लाई भुल्न सकिन्न ।
श्री खड्क बाहादुर रानाभाट (1998)
श्री राम नाथ ढकाल (1999-2000)
श्री राज कुमार थापामगर (2000-2003)
श्री कृष्ण बलाल (2003-2012)
श्री कुमार थापा (2011-2013)
श्री अन्जु नाथ श्रेष्ठ (कार्यबाहक अध्यक्ष 2014 )
हाल श्री अन्जन धमला 2016 संस्थापक अध्यक्ष खड्क रानाभाटको अध्यक्षतामा महासचिव राजकुमार थापा कोषाध्यक्ष बिद्रोह बिस्ट लगायतका ७ सदस्यबाट दर्ता भएको नेपाल आइ.टि.एफ. तेक्वान्दोमा विभिन्न नेतृत्व प्राप्त भए संगै यस खेलको विकास र विस्तार अघि बढ्दै गयो। सुरुवातमा WTF का राष्ट्रिय कोच तथा राष्ट्रिय खेलाडी राज कुमार थापा र करातेका राष्ट्रिय कोच डम्बर बा.जङ्ग गुरुङलाइ Vienna , Austria मा रहेको ITF को head quarter बाट निमन्त्रणा आइ सन् १९९८ मा तीन महिने बिशेष तालिम लिएर नेपाल फर्किएपछि प्रशिक्षण गराउन सुरु गरियो । त्यसपछि सन् २००० मा नेपालमा ITF को विकास र विस्तारका निम्ति नेपालमा पहिलोपटक संस्थाका संस्थापक general choi hong hi आफै नेपाल आउनुभयो र सेमिनार दिनु भयो। सन २००९ मा नेपाल अर्मि र नेपाल प्रहरी बलमा यस खेल समावेश गराउन सफल भए ।
आज सम्म आइपुग्दा सबै प्रदेशमा आफ्नो संघ निर्माण गर्नुका सथै सातै वटा प्रदेशमा २०००० को हाराहारीमा खेलाडीहरु उत्पादन गर्नुका साथै हजारौ black belt , रेफ्री आदि छन । बिगतको बर्षमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट सहभागी गराइएको थियो । यस महासंघले नेपालमै विभिन्न ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अयोजना गराउनुका साथसाथै विदेशमा आयोजना गरिएका अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै विभिन्न खाले पदक बिजेता समेत उत्पादन गर्दै आएको छ । यस
विदेशी प्रशिक्षकसंग अन्जना (तस्विर स्रोतःफेसबुक)
महासंघको आफ्नै बार्षिक क्यालेन्डर बनाइ गतिविधि गर्ने गरेको छ । प्रयेक बर्ष संस्थापक general choi hong hi को सम्झनामा राष्ट्रिय प्रतियोगिता गराउने, रा.खे.प. ले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने, प्रत्येक प्रदेश, जिल्लाले आफ्नै स्थानीय सरकार र सरोकारवालाहरु संगको सहयोगमा राष्ट्रिय प्रतियोगिता गर्ने गराउने गर्दछ महासंघको प्रयेक बार्षिक उत्सवमा समाजिक कार्य मनाइनुका साथै बर्षभरिका गतिविधिको समिक्षा र आगामी योजना तय गरिन्छ । यस महासंघ पारदर्शिताका साथ काम गर्ने गरेको छ । यस माहासंघले सन २००० मा अन्तर्राष्ट्रिय सेमिनार ITF कै जन्मदाता लाई नेपाल ल्यार सम्पन्न गर्यो भने त्यस पछि सन २०१४ मा १००० खेलाडी सहित १९ देशको उपस्थितिमा ७औं एसियायी ITF तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऎतिहासिक प्रतियोगिता रहन गयो । दक्षिण एसियाली प्रतियोगिता बिकासको र बिस्तारमा नेपालको महत्त्वपूर्ण भुमिका रहेको छ , यस महासंघले नेपालमै ४ ओटा दक्षिण एसियाली प्रतियोगिता सम्पन्न गरिसकेको छ (२००८,२०११,२०१४,२०१८) । खेलाडी तथा प्रशिक्षकको स्तर विकासका निम्ति विभिन्न समयमा अन्तर्राष्ट्रिय प्रशिक्षकलाई नेपाल ल्याएर सेमिनार अयोजन गर्दै आएको छ।
यस महासंघको स्थापनाकाल देखि रेखदेख तथा नेतृत्व गर्दै आउनु भएका संस्थापक सदस्यहरु रमेश सिलवाल आज रा.खे.प. मा सदस्य सचिव हुनुहुन्छ त्यस्तै पिताम्वर तिमल्सिना रा.खे.प कै बोर्ड उपाध्यक्ष हुनुहुन्छ भने यस महासंघ स्थापनाकालमा अत्यन्तै सहयोगी अनि अभिभावकत्व प्रदान गर्दै आउनु भएको बिष्णु पौडेल आज नेपाल कै शक्तिशाली जनमत प्राप्त पार्टी नेकपाका महासचिव हुनुहुन्छ त्यसैगरि प्रदीप नेपाल नेकपा कै केन्द्रीय सदस्य हुनुहुन्छ भने प्रदिप ज्ञवालि नेपाल सरकारको प्ररराष्ट्र मन्त्री हुनुहुन्छ । राखेपका सदस्य सचिव रहँदै यस खेलको विकास र विस्तारका निम्ति बिशेष सहयोग गर्नुहुने युवराज लामा अनि केशव बिस्ट हुन् ।
नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघ खेलकुद गतिविधि मात्र गर्ने गराउने मात्र नभइ समाजिक कार्यमा पनि उत्तिकै सक्रियताका साथ सहभागीता जनाउदै आएको छ। तत्कालीन अध्यक्ष कृष्ण बलालको अध्यक्षतामा स्थापना दिवस पारेर रत्तदान कार्यक्रम , वृद्ध आश्रममा खाना खुवाउने , सरसफाइ जस्ता रचनात्मक गतिविधि सुरुवात भए संगै निरन्तर गरिंदै आइरहेको पाइन्छ। हावाहुरी, बाढी, पहिरो, भुकम्प जस्ता प्रकृतिक प्रकोपको बेलामा पनि आफ्नो ठाउँबाट समाजिक ऐक्यवद्धता जनाउँदै आएको छ ।
समाजमा घटेका विभिन्न खाले हिंसाका विरुद्ध आफ्नो ठाउँबाट आवाज उठान गर्दै अएको छ। पछिल्लो समय बढ्दै गैरहेको महिला हिंसा न्यूनीकरणमा यस महासंघले आफ्नो प्रदेशभरी रहेका संघ मार्फत स्थानिय सरकार संघसंस्था संग सहकार्य गर्दै महिलाहरुको आत्मबल वृद्धि गर्ने, आत्मसुरक्षाका निम्ति तालिम गराउँदै आइरहेको छ । मार्सल आर्ट भन्ने बितिकै सामाजमा गुन्डा उत्पादन गर्ने कारखानाको हो भन्ने भ्रम नेपाली समाजबाट चिर्न यस खेलको महत्त्वपूर्ण भूमिका रहेको छ ।
युवा अवस्थामा पुगे पछि धेरै युवाहरु लागूऔषधको दलदलमा फस्ने गरेको पाइन्छ; सामाजिक, मानसिक चिन्ताले युवा डिप्रेसनमा जाने गरेका छन् यस्ता समस्या समाजिक समस्या न्यूनीकरणमा यस संघको निरन्तर प्रभाव रहँदै आएको छ । विद्यालयस्तरबाट नै सिकाइने यस खेलले जनमानसमा तेक्वान्दोको असली परिभाषा सिकाएको छ। धैर्यता, इमानदारीता, अदम्य साहास, नम्रता, अत्मबिश्वास जस्ता ५ सिद्धान्तबाट प्रशिक्षण गराइन्छ ।
खेलकुद मेडल वा सर्टीफिकेटका लागि मात्र नभइ शारीरिक , मानसिक र समाजिक रुपमा तन्दुरुस्त रहँदै देशभक्त सच्चा नगरीक बन्न सिकाउने नर्सरी पनि हो । दिनप्रतिदिन असुरक्षित बन्दै गएको हाम्रो समाजमा सुरक्षाको प्रत्याभूत गराउँदै आफ्नो सुरक्षा आफै गर्न सक्ने क्षमताको विकास गर्ने खेलकुदप्रति राज्य वा समाजको कम प्राथमिकता रहेको हुदा यस महासंघले रचनात्मक तरिकाबाट यसको महत्त्व दर्शाउदै आएको छ । हामीले परिकल्पना गरेको खेलकुद मैत्री समाज, सुन्दर-शान्त समाज निर्माणमा यस खेलको पनि एक महत्त्वपूर्ण भुमिका रहँदै आएको छ । यदि सम्बन्धित निकायको अझ साथ रहँदा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारालाइ आत्मसात गर्दै भविष्यमा पनि यस महासंघ अझ सशक्तरुपमा अघि बढ्दै देशलाइ एक जिम्मेवार, इमानदार,नैतिकवान, कर्मनिसष्ठ ,स्वास्थ योद्धा उत्पादन गर्ने माध्यम बन्ने छ ।
पछिल्लो समय रा.खे.प.मा संघ दर्ता गर्ने सङ्ख्या बढ्दो छ । लगभग २०० को हाराहारिमा पुगेको संघहरु कुनै झोलामा त कति निष्क्रिय अवस्थामा छन । अहिलेको नेतृत्व यस्तो अवस्थाको विशेष अध्ययन गरि निष्क्रिय रहेका संघलाई कार्वाही गर्ने तथा खारेजी समेत गर्दै संघहरुको व्यवस्थापनमा जुटेको पाइन्छ । तर नेपाल यस्ता थुप्रै महासंघहरु पनि छन् जुन सकृय त छन् तर नतिजामा शून्य छन् । राज्यको पूर्ण लगानी अनि बिशेष प्राथमिकतामा पर्दै आएका यस्ता संघहरुले पनि नेपाललाई ठोस नतिजा (मेडल दिलाउन) दिन सकिरहेका छैनन् । तर रा.खे.प.को प्राथमिकताभन्दा बाहिर रहेका संघहरुले भने बेलाबेला पदक दिलाउन सफल भैरहेको छन । नेपाल आइ टि एफ ले सुरुवाति समयदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक अरुको तुलनामा नेपाललाई अत्याधिक रुपमै दिलाउँदै आएको छ ।
पछिल्लो समय नेपाल मै सम्पन्न छैटौं दक्षिण एसियाली आइ टि एफ तेक्वान्दो प्रतियोगितामा नेपाल लाई 34 स्वर्ण 43 रजत 61 कास्य पदक दिलाउन सफल भयको छ । २०००० भन्दा बढी खेलाडी रहेको यस महासंघमा १००० औ को सङ्ख्यामा प्रशिक्षक रेफ्री उत्पादन गरिसकेको छ तर बिड्म्बना यति ठूलो संघका सबै प्रशिक्षक भोलेन्टरका रुपमा प्रशिक्षण गराउँदै आएका छन् विगत देखि आजसम्म पनि रा.खे.प. का प्रशिक्षक नियुक्ति गर्न सकिरहेको अवस्था छैन।
प्रत्येक बर्ष नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउँदै आएको, देशका ७ वटै प्रदेशमा विकास र विस्तार गरी खेलकुदको गरिमालाई उच्च पार्दै राज्यको गरिब झुपडीसम्म पुगी राज्यलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादन गराउँदै यस संघ नेपाल आर्मी अनि नेपाल पुलिस बलमा समेत समावेश गराइ उत्कृष्ट नतिजा दिन सफल भैरहेका यस्ता संघहरुलाई पनि समेट्ने गरि रा.खे.प.को दायरा अझ फराकिलो बनाउन जरुरी छ। अहिले रा.खे.प. को नेतृत्व सबैको आशा र भरोसाको केन्द्र बनेको छ बिगतमा भन्दा केही फरक अनि आधुनिक तवरबाट खेलकुद विकास र विस्तार गर्ने कुरामा हामी आम नेपाली खेलाडी प्रशिक्षक विश्वस्त छौं ।
(अन्जना शिवाकोटी :नेपाल आइ.टि.एफ. तेक्वान्दो कार्यकारी सदस्य तथा प्रदेश न २ अध्यक्ष )
क्याटेगोरी : खेलकुद, जीवनशैली, विशेष
ट्याग : #तेक्वान्दो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्