Techie IT
बुधबार, माघ २३,२०८१

नेकपा स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज वस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज विहान ११ बजे पार्टी मुख्यालयमा धुम्वाराहीमा बस्ने भनिएको बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

स्थायी कमिटी सदस्य सवैको कोरोना भाइरस (कोभिड १९)को परीक्षण गरेर मात्रमा बैठक वस्ने भएकोले स्थगित गरिएको बताउनुभयो । आज बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक रहेको थियो । अहिले ४५ जना स्थायी कमिटी सदस्य रहेका छन् ।

आज बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड १९ र भारतद्धारा अतिक्रमण गरिएका नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूचि रहेको थियो ।

हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भएपछि बैठकको आवहन गरिएको थियो । यसअघि पुसमा बैठक बसेको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #स्थायी कमिटी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545