भौतिक पूर्वाधार मन्त्री अमन मास्केले तारकेश्वरमा दुई पुलको शिलान्यास गरे (फोटो फिचरसहित)
२७ पुस, काठमाडौं । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री ई. अमन कुमार मास्केले आज बिहान तारकेश्वर वडा नं. ७ को बुढाथोकी टोलबाट टोखा–३ र संगम टोलबाट टोखा–३ जोडने साङ्ला करिडोरमा पक्की आर सी.सी.पुलको शिलान्यास गरेका छन् । १३.४ मिटर लम्बाई भएको पुलको चौडाई १० मिटर हुनेछ । पुलको दुबैतिर १.२५–१.२५ मिटरको फुटपाथ हुनेछ । पुल निर्माणको लागि हिजै बोलपत्र आह्वान भइसकेको छ । पूर्वाधार विकास कार्यालय ललितपुरले पुलको निर्माण ठेक्का सम्झौता भएको १८ महिनाभित्र काम सक्ने गरी पुल निर्माण गर्ने जनाएको छ । पुलको कुल लागत २ करोड ३७ लाख ६२ हजार २०० रुपैयाँ रहेको छ ।
आज बिहान पूर्वाधार विकास कार्यालयको टोलीसहित बुढाथोकी टोलमा आइपुगेका भौतिक पूर्वाधार मन्त्री मास्केले पुलको पुजाआजापछि शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा टोखा ३ का अध्यक्ष रमेश डंगोल र तारकेश्वर ७ का वडाअध्यक्ष सानुकाजी खत्रीको पनि सहभागिता रहेको थियो ।
आजै मन्त्री मास्केले टोखा ३, तारकेश्वर ७ र ९ को साङ्ला करिडोरको सिमानामा रहेको संगम बस्तीमा अर्को पक्की आर सी.सी.पुलको शिलान्यास गरेका छन् । १३.४ मिटर लम्बाई भएको पुलको चौडाई १० मिटर हुनेछ । पुलको दुबैतिर १.२५–१.२५ मिटरको फुटपाथ हुनेछ । पुल निर्माणको लागि हिजै बोलपत्र आह्वान भइसकेको छ । पूर्वाधार विकास कार्यालय ललितपुरले पुलको निर्माण ठेक्का सम्झौता भएको १८ महिनाभित्र काम सक्ने गरी पुल निर्माण गर्ने जनाएको छ । पुलको कुल लागत २ करोड ५४ लाख ४६ हजार ७३९ रुपैयाँ रहेको छ ।
पुल शिलान्यासका लागि भौतिक पूर्वाधार मन्त्री मास्केले जगको पुजाआजा गरेपछि शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा टोखा ३ का अध्यक्ष रमेश डंगोल, तारकेश्वर ७ का वडाअध्यक्ष सानुकाजी खत्री र तारकेश्वर ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनको सहभागिता रहेको थियो ।
पुल शिलान्यासपछि भएको पूर्वाधार विकास कार्यालय ललितपुरको आयोजनामा तारकेश्वर ९ को नर्थ पोल एकेडेमीमा भएको एक औपचारिक कार्यक्रममा बोल्दै मन्त्री मास्केले जनप्रतिनिधिले कहिल्यै पनि झुट कुरा गर्न नहुने बताउनुभयो । आफुले जनतामा बोलेको कुरामा प्रतिबद्ध पुरा गर्न लागेको बताउनुभयो । ७ दिन अगाडी तारकेश्वर ७ का स्थानीयले पुल निर्माणका लागि गरेको अनुरोधलाई कार्यान्वयन गर्न दुई पुल एकैपटक बहुवर्षिय योजनामा निर्माण कार्यको बोलपत्र आह्वान भइसकेको बताएका छन् । बजेट कम छ भनेर पुल बन्दैन कि भनेर कसैलाई भ्रममा नपर्न अनुरोध गर्दै मास्केले आफुले तारकेश्वरमा करिव ७५ करोड विकास बजेट पार्न सफल भएको बताएका छन् । साङले खोला करिडोर निर्माणका लागि बागमती प्रदेश सरकारले आगामीवर्ष एकैपटक १४–१५ करोड बजेट विनियोजन गरेर करिडोर सडक निर्माण गर्ने मन्त्री मास्केले बताएका छन् ।
मन्त्री मास्केले अर्को एक प्रसङ्गमा आफु बागमती प्रदेशको मन्त्री भए लगत्तै आएको प्राकृतिक विपत्तिले मकवानपुर, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक जिल्लामा भएको सडक तथा पुलको क्षतिबाट जनतामा पर्न गएको असुविधाप्रति दिनरात नभनी कार्य गर्दा धेरै ठाउँमा पुल बनाएर पनि उद्घाटन गरिसकेको बताएका छन् ।
आफु प्राविधिक भएकाले जनतामा नहुने कुरा नगर्ने, कम बोल्ने तर धेरै काम गरेरदेखाउने मन्त्री मास्केले बताएका छन् । मन्त्री पद अस्थायी हो, सरकारमा रहुन्जेल सकेसम्म धेरै भन्दा धेरै जनताको काम गरेर देखाउने बाचा गरेका छन् । सबै तहका जनप्रतिनिधिहरुले भेदभाव नगरी राजनीति भन्दा बाहिर रहेर जनताका काम गर्नुपर्ने बताए । जनप्रतिनिधिले गर्ने काम मात्र बोल्ने, नगर्ने काम बोलेर जनतामा भ्रम छर्न नहुने बताएका छन् ।
कार्यक्रममा टोखा वडा नं. ३ का वडाअध्यक्ष रमेश डंगोलले मन्त्री मास्केलाई टोखा नगरपालिकाको लागि पनि योजना पारिदिन अनुरोध गरेका छन् । टोखा र तारकेश्वर जोड्न २ पुल शिलान्यास गरी निर्माण गर्न लागेकोमा मन्त्री मास्केको खुलेरै प्रशंसा गरेका छन् । डंगोलले टोखा नगरपालिकाले सुरु गरेको सार्वजनिक जग्गा संरक्षण अभियान, हरेक हप्ताको शनिबार हुने विष्णुमती सफाई अभियान लगायत टोखा नगरपालिकाले गर्दै आएका कामहरुबारे मन्त्री मास्केलाई जानकारी गरेका छन् ।
त्यस्तै तारकेश्वर ७ का वडाअध्यक्ष सानुकाजी खत्रीले आफ्नै वडाको स्थायी बासिन्दा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रीले एकैपटक तारकेश्वर-७ मा २ पुल निर्माणका लागि पहलकदमी गरेर शिलान्यास गरेकोमा धन्यवाद प्रकट गरेका छन् ।
तारकेश्वर ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनले मन्त्री मास्केको विकासप्रतिको चिन्तनलाई खुलेरै प्रशंसा गरेका थिए । महर्जनले तारकेश्वरको करिडोर सडक निर्माण र वडा नं. ९ को विकासका लागि आवश्यक बजेटहरु आगामी वर्ष पनि राखिदिन अनुरोध गरेका थिए ।
कार्यक्रममा सभापति पूवाृधार विकास कार्यालय ललितपुरका कार्यालय प्रमुख नविन कुमार सिंहले मन्त्रीको योजनाअनुसार सक्रियतापूर्वक राम्रो काम १८ महिना अघि नै गरेर देखाउने प्रतिवद्धता जनाएका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #breaking, #भौतिक पूर्वाधार मन्त्री अमन मास्केले तारकेश्वरमा दुई पुलको शिलान्यास गरे (फोटो फिचरसहित)
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्