Techie IT
सोमबार, वैशाख ८,२०८२

नागार्जुनको अपार्टमेन्टमा कोरोना भाइरसको कारण चीनबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई राख्ने तयारी


काठमाडौँ । सरकारले चीनबाट नेपाल फर्कन चाहने नेपालीहरुको उद्धार गरेर ल्याउने नागरिकहरुलाई काठमाडौँको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणस्थित अपार्टमेन्टमा राख्ने तयारी गरेको छ।

इचंगुनारायणमा रहेका दुई अपार्टमेन्टमा एक सयभन्दा बढी फ्ल्याट रहेका छन् । ती फ्ल्याटहरुमा चीनबाट आउने नागरिकहरु राखेर काेराेना भाइरस भएको या नभएको भन्ने जानकारी यकिन गर्नको लागि राख्न लागिएको हो ।

नेपाल फर्कन चाहने नागरिकहरुको फर्म बेइजिङस्थित नेपाली राजदूतावासले संकलन गरिसकेको छ ।

अपार्टमेन्टमा सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिन लागेको छ।

इचंगुनारायणस्थित अपार्टमेन्ट व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिन लागिएको बताइएको छ ।

चीनमा मात्रै कोरोनाभाइरसको कारण ३६० जनाको ज्यान गइसकेको अवस्थामा सरकारले नेपाली नागरिकहरुको उद्धार गर्न लागेको हो ।


क्याटेगोरी : विशेष
ट्याग : #काेराेना भाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545