Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वरको बाशुकी टोलमा घर भित्र पहिरो पस्यो , केही घर उच्च जोखीममा


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिकाको बाशुकी टोलमा पहिरो गएको छ ।

शनिबार रातीको अविरल बर्षाका कारण पहिरो गएको स्थानिएको भनाइ छ ।

वडा नं ९ अन्तर्रगत बाशुकी टोल मा आज बिहान करिब ५ बजे गएको पहिरोले केही घरहरु पूर्ण रुपमा क्षती भएको छ । आइतबार बिहानै नेपाल प्रहरी , नेपाली सेना र स्थानियको अगुवाइमा पहिरो हटाउने काम भइरहेको छ ।

यसैबिच पहिरोले पुराएको क्षती प्रति ९ नंम्बर वडा कार्यालयका वडा अध्यक्ष बलराम सिटौलाले एक बिज्ञप्ती निकाली दुख ब्यतm गरेका छन ।

सो घटना प्रती नगर तथा वडा को गम्भीर ध्यानाकर्षण भयेको छ तत्काल सहयोग का लागि उपस्थित सम्पुर्ण दाजु भाइ , दिदी बहिनी हरुमा धन्यवाद दिदै दीर्घकालीन समाधान को लागि पनि आ(आफ्नो ठाउँ बाट सहयोग गर्न को लागि हार्दिक अपिल समेत वडा अध्यक्ष सिटौलाले गरेका छन ।

 


क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545