Techie IT
सोमबार, वैशाख ८,२०८२

रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने ,यस्तो छ कारण


अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन् । शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रि’हा भए लगत्तै इशा नेपाल आउने बताइएको हो ।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए ।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन् । नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ । यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन् ।

 

केही दिन पहिले खबर आएको थियो कि लामिछानेको अमेरिकामा भएको घर लिलाम हुने अवस्थामा पुगेको छ । उनले घरको किस्ता नबुझाएपछि यस्तो चेतावनी दिइएको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #रवि लामिछानेकी पूर्व पत्नी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545