Techie IT
आईतबार, वैशाख ७,२०८२

मिनि बसले ठक्कर दिँदा माइक्रोबस त्रिसुलीमा खस्यो


चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन ।

बिहान काठमाडौंका लागि हिंडेको सो माइक्रोबस बिहान ७:४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।

थाक्रे गाउँ पालिका–१ खयरवारि भन्ने ठाऊमा बा ५ ख ३१५१ नम्बरको सो माइक्रोबस दुर्घटना भएको हो । सो माइक्रोबसलाई मिनि बसले ठक्कर दिँदा त्रिसुलिमा खसेको थियो ।

सो माइक्ररोबस सडकबाट करिब ५० मिटर तल खसेको थियो । १३ जना यात्रु मध्य २ जनाको हात भाचिएको अनुमान प्रहरीले गरेको छ ।

सबै यात्रुको उद्दार गरि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । सबै यात्रु खतरामुक्त रहेको समेत प्रहरीको भनाइ छ ।


क्याटेगोरी : विशेष
ट्याग : #माइक्रोबस त्रिसुलीमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545