Techie IT
शुक्रबार, चैत्र २८,२०८१

यस्तो छ आजको दिनभरको मौसम


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 

अहिले बिहान कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अहिले मौसम सफा रहेको छ।

 

बुधबार दिउँसो कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकै अवस्था रहने पनि उनले बताइन्।

 

‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम पूर्णतया सफा रहनेछ,’ मानन्धरले सेतोपाटीसँग भनिन्, ‘हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना पनि देखिएको छैन।’


क्याटेगोरी : विशेष
ट्याग : #आजको दिनभरको मौसम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545