तारकेश्वर नगरपालिकाका खड्का चेक बाउन्सका कारण पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार कुमार खड्कालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । खड्काले प्रमोद जैसवालसँग लिएको पैसा तिर्नको लागि दिएको २३ लाखको चेक खातामा पैसा नभएको कारण बाउन्स भएको थियो । खड्काले जैसवाललाई ०७४ कात्तिक ११ मा नेपाल एसबीआई बैंकको चेक दिएका थिए ।
त्यसपछि जैसवालले खड्काविरुद्ध अदालत पाटनमा मुद्दा दायर गरेका थिए । मुद्दापछि खड्कालाई अदालतले ०७६ वैशाख १६ गते एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो ।
पक्राउ परेपछि खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाईएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #चेक बाउन्स
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्