Techie IT
आईतबार, वैशाख ७,२०८२

अब ‘प्लस–टु’मा पनि कानुन पढाइ हुने


काठमाडौँ । प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ । 

दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् । 

वि.सं. २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाडौँको बानेश्वरस्थित सो कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन थालेको हो । 

कलेजमा पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन् । कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानून विषय पढ्न पाउने छन् । 

काठमाडौँ महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले बताए ।


क्याटेगोरी : विशेष
ट्याग : #कानुन पढाइ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545