भन्सार छली ल्याइएका ४६ थान मोबाईल सहित भैरहवाबाट एक जना पक्राउ

रुपन्देही । अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइल सहित एक जनालाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ । भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीको टोलीले बुधबार राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १३ स्थितबाट सोही ठाउँ बस्ने बर्ष ४० को विशाल जयसवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकका अनुसार जयसवालले आफै घरमा लुकाईछिपाई राखिएको अवस्थामा विभिन्न कम्पनीका मोबाईल ४६ थान र पावर वैँक ६ थान बरामद गरिएको बताइएको छ । बरामद गरिएको मोबाईलको मूल्य ३ लाख ३२ हजार रहेको रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकले जानकारी दिए । बरामद गरिएको मोवाईल रितपुर्वक वरामद गरी मानिससहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको उनलेे जानकारी दिए ।
तीन दिन अघि मात्रै पनि रुपन्देही प्रहरीले नै अन्दाजी ६ लाख मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालयमा बुझाइसकेको छ । पछिल्लो समय रुपन्देही प्रहरी तस्करीका गतिविधि नियन्त्रणमा लाग्न आक्रमक देखिएका छन् । प्रहरी उपरीक्षक भरत बहादुर बिकले तस्करी गतिविधिलाई निस्तेज गर्न मातहतका प्रहरीलाई निर्देशन दिएसंगै यहाँका प्रहरी तस्करीजन्य गतिविधिलाई निस्तेज गर्न आक्रमक देखिएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्