Techie IT
आईतबार, वैशाख ७,२०८२

नयाँ बसपार्क पुलसँगैको बनाइएका टहरा हटाइयो ,सवारी ब्यवस्थापनमा सहज


काठमाडाैँ, २३ बैशाख । नयाँ बसपार्क पुलसँगैको अतिक्रमण गरि बनाइएका ब्यापारिक तथा आसासीय टहरा हटाइएको छ । विष्णुमति करिडोर खुला गराउन जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर अतिक्रमण गरी बनाइएका टहरा हटाइएको हो ।

यसले वालाजु, गंगोबु, समाखुशी लगायतका क्षेत्रमा हुने जाम लाई घटाउन सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । यस्तै लामो दूरीको वसलाई सहज हुनेछ । नयाँ बसपार्क गेट अगाडि पनि ट्राफिक जाम धैर कम हुने उनको भनाइ छ ।

कालीमाटी, वालाजु, नेपालटार, बाँनियाटार, टोखा, झोर लगायतका क्षेत्रमा जाने साना सवारीलाई पनि सजिलो हुनेछ ।

पछिल्लो सयममा काठमाडौंमा सवारी व्यवस्थापनाका लागि विभिन्न प्रयास थालिएको छ । अनाधकीकृत रुपमा राखिएका टिकट काउन्टर हटाउने र पिक एन्ड ड्रप लागू गर्ने क्रम तीव्र पारिएको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #टहरा हटाइयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545