मिस्टर प्लस साइज नेपालको अडिसन जेठ ४मा
काठमाडौं बैशाख १७ । ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यहि ज्येस्ठ ०४ गते लाई तोकिएको छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो ।
अडिसन फारम बागबजार स्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै आएको आयोजक संस्थाले बताएको छ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ ।
जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । मोडल सङ्स नेपालले विगत २ वर्षदेखि महिलाहरुका लागि सुपर प्लस साईज मोडल नेपाल आयोजना गर्दै आएको छ । मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमश: ५० हजार, ३० हजार र २० हजार हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #मिस्टर प्लस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्