Techie IT
मंगलबार, वैशाख ९,२०८२

पोखरा महानगरमा गठबन्धनले अग्रता बढाउँदै


गण्डकी । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ६ हजार ५४५ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि छन् भने एमालेकी मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उनलाई पछ्याएकी छन् ।

महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।


क्याटेगोरी : विशेष, स्थानीय
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545