Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : अध्यक्ष ओली


सुदूरपश्चिम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।

सो पार्टीद्वारा बिहीबार धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए । उनले भने, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।’

कार्यक्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि समसामयिक विषयमा आफ्नो भनाई राखे । अध्यक्ष ओलीले आजै कैलालीको बर्दगोरिया, कञ्चनुपरको बेलौरीलगायत क्षेत्रमा भएका चुनावीसभालाई पनि सम्बोधन गरे ।


क्याटेगोरी : विशेष, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545