Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमाले विभाजनको क्षतिपूर्ति भइसकेको विष्णु रिजालको दाबी


काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको बताएका छन् ।

उनले बुधबार सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने दाबी गरे ।

रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण दिँदै रिजालले यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको जिकिर गरे । अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको उनले बताए ।


क्याटेगोरी : विशेष, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:29 am6:34 pm +0545