Techie IT
आईतबार, वैशाख ७,२०८२

एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आज उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वरिष्ठताक्रम र कार्य क्षमताको आधारमा नभई गैरकानूनी रूपमा बढुवा गरेको उल्लेख गर्दै यही चैत १७ गते प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

मन्त्रिपरिषद्ले डिआइजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो ।


क्याटेगोरी : विशेष, स्थानीय
ट्याग : #hot, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545