Techie IT
शनिबार, वैशाख ६,२०८२

राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार छः ईश्वर पोखरेल


मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतलाई बिर्सिएर आगामी दिनमा जनताको हित र समृद्धिका लागि अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको बताए ।

राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी सामाजिक सद्भाव कायम गर्ने, समाजमा देखा परेको अराजकतालाई अन्त्य गर्ने उद्देश्यका खातिर सुदृढ हुन चाहन्छौं ।’

उनले पार्टी अलग भए पनि देश बनाउन सबै लाग्नुपर्ने बताए । उनले भने, ‘आन्तरिक विषयमा विचार एक नहुन सक्छ, एक ठाउँमा उभिएका नहुन सक्छौं तर हाम्रो गन्तव्य एउटै हुनुपर्छ ।’


क्याटेगोरी : विशेष
ट्याग : #राप्रपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545