पहाडी जिल्लामा बाढीको खतरा

निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो ।
आज विशेष गरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी जिल्लाका स–साना नदीमा बाढीको सम्भावना रहेको छ । कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेको पनि बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
भोलि ९सोमबार० कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै नदी जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।
मंगरबार र बुधबार पनि कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई लगायतमा बहाव सामान्य बढ्ने र कर्णाली तथा महाकाली जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।
आगामी तीन दिन देशैभर ठूलो बाढीको सम्भावना नदेखिए पनि आइतबार ९आज०, सोमबार र मंगलबार पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना भएकाले नदीमा बहाव उच्च नै हुने हुँदा नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।
पश्चिममा भारी वर्षाको सम्भावना
देशका विभिन्न भेगमा अझै तीन दिनसम्म हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै पश्चिमी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो । आज दिउँसो देशभर बदली रही हल्कादेखि मध्यम खालको वर्षा र रातिको समयमा पनि बदली र वर्षाहुनेछ ।
पूर्वका पहाडी भेगका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी लुम्लेमा २३१ र जिरीमा ८५ मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा ४०, ताप्लेजुङमा २६, डडेल्धुरामा २५ र काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #बाढी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्