Techie IT
मंगलबार, वैशाख ९,२०८२

रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना


काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार सामाजिक सञ्चालमार्फत उनले यसबारे जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले आफ्नै लापार्वाहीले संक्रमण भएको हुन सक्ने औंल्याएका छन् ।
उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्
गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ ।

हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’


क्याटेगोरी : विशेष
ट्याग : #रवि लामिछाने र उनकी पत्नी निकिता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545