Techie IT
आईतबार, वैशाख ७,२०८२

भीम रावलले यो वर्षको दशैं भत्ता नलिने


काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य भीम रावलले यो वर्षको दशैं भत्ता नलिने भएका छन् ।

हालै दशैं भत्तावापत आफ्नो खातामा रकम जम्मा भएको बताउँदै उनले उक्त रकम कट्टी गर्न मञ्जुरी समेत दिएका छन् ।

आइतबार बिहान ट्विट गर्दै उनले अन्य सांसदहरुले समेत भत्ता नलिनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम् स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैंभत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

लगत्तै उनले अर्को ट्विट गर्दै लेखेका छन्, ‘दशैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन ।’ नीतिगत रुपमै यो वर्षको दशैं भत्ता नदिन र नलिन उनले सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन् ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलगायतले भत्ता समयमै नपाइरहेको चर्चा भइरहेको बेला सांसदहरुको खातामा भने भत्ता जम्मा भएकोमा आम रुपमा आलोचना शुरु भइसकेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545