Techie IT
शुक्रबार, चैत्र २८,२०८१

अटिजमको विषयमा अन्तरक्रिया कार्यक्रम


काठमाडौँ  । अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम अपाङ्गता भएका बालबालिकाहरुका लागि सञ्चालन गरेका क्रियाकलापहरुको विषयमा जानकारी गरादै अवलोकन पनि गराउनु भएको थियो ।

सो कार्यक्रममा अटिजम केयर समाज नेपालकी सचिव निलम गौतलमले सबैलाई स्वागत गर्दै अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा समाजमा जनचेतना जगाउनको लागि सञ्चारकर्मीहरुको ठुलो भूमिका रहेको बताउनु भयो । त्यसै गरी अटिजम केयर नेपाल समाजका प्रशासकिय प्रमुख सुरेन्द« बज्राचार्यले अटिजम अपाङ्गतको विषयमा सही सूचना दिन जरुरी रहेको बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा अटिजम केयर नेपाल समाजकी अध्यक्ष सुनिता मलेकु अमात्यले अटिजम रोग नभएर मस्तिष्कको अवस्था भएको बताउदै यसका लक्षण, अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा प्रष्ट पार्नु भएको थियो । साथै उहाँले अटिजम अपाङ्गता भएका व्यक्तिहरुको लागि संस्थाले विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउदै आएको पनि जानकारी दिनु भएको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #अटिजम केयर नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545