Techie IT
सोमबार, वैशाख ८,२०८२

अविरल वर्षाका कारण गोङ्बु जलमग्न ,यात्रुहरुलाई सास्ती


काठमाडौको गोङ्बु चोकमा अबिरल परेको पानीले ढल जाम भइ  जलमंग्न भएको छ । हिजो देखीको बर्षाको पानीलाई ढलको निकास नहुँदा सवारी साधन एवं आवत जावतमा समेत समस्या भएको समाजसेवी महेशजंग कुवंरले बताए ।

सडक जलमग्न भएकै कारण मोटरसाइकल ढलमा पर्दा तुरुन्तै स्थानीयले उद्धार गरेको थियो ।

अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परि विभिन्न जिल्लामा मानिसहरुले ज्यान गुमाएका खबर आइरहेका छन् ।

पानीको निकास राम्रोसँग नभएपछि राजधानीका सडकहरु जलमग्न भएका छन् । सवारी साधन गुडाउन अप्ठ्यारो भएको छ भने पैदल यात्रुहरुलाई पनि सास्ती भएको छ ।

सडकमा पैदलयात्री तथा सवारी साधनहरु कम देखिएका छन्। कतिपय स्थानमा सवारी साधनहरु पानीमा अड्किएका छन्। नदीहरुमा पनि पानीको बहाव बढेको छ।

क्याटेगोरी : विशेष
ट्याग : #गोङ्बु चोक, #गोङ्बु जलमग्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545