Techie IT
सोमबार, वैशाख ८,२०८२

धान दिवसमा बामदेवले यसरी रोपे धान


काठमाडौँ, १५ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आज १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा ललितपुरको भैसेपाटी स्थित आफ्नो घर नजिक धान रोपाईमा विहान व्यस्त भए । पार्टीका किसान महासंघका इन्चार्ज समेत रहेका आफ्नी धर्मपत्नी तथा सांसद तुलसा थापासंग रहेको खाली जग्गामा धान रोपाईमा व्यस्त रहेका छन् ।

उनले सवै नेपालीले भूमिलाई व्यवसायी उत्पादन लगाउनु पर्ने बताए । नेता गौतमले किसान आफूसंग भएको जमिनमा मिहनेत गरेर धनी हुनुपर्ने धारणा राखे । उनले हातमा धानको बीउ लिएर आफ्नी धर्मपत्नी थापासंग हिलोमा धान रोपाईमा रमाएका हुन् । सधै चिल्लो सडक र गाडीमा हिड्ने नेता धान रोपेको देख्दा सवै आश्चर्य भएर हेर्न थालेका थिए । गौतम धान दिवसको अवसरमा सधै नै धान रोप्ने गरेका छन् ।

अहिले नेपालमा सलह जातको जीव आएको र यसले किसानका अन्नवालीमा ठूला नोक्सान पुर्याउने भन्दै सरकारले त्यस नोक्सानलाई रोक्नतर्फ ध्यान दिनुपर्ने बताए । उहाँले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताउनुभयो ।

नेता गौतमले खासखास ठाउँमा नोक्सान पुर्याउने भएता पनि नेपालमा भौगोलिक अवस्थाका कारणले यसले नेपालमा खासै असर नपुर्याउने दावी गरे ।

 

 


क्याटेगोरी : विशेष
ट्याग : #बामदेव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545