Techie IT
सोमबार, वैशाख ८,२०८२

लमजुङमा लागूऔषधसहित एक युवक पक्राउ


लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका( ५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङको साथबाट १०–१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

गुरुङलाई बेसीसहर नगरपालिका–७ सेरा बजारबाट लागूऔषधसहित पक्राउ गरेको हो । गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545