Techie IT
सोमबार, वैशाख ८,२०८२

सप्तरीबाट कटुवा पेस्तोल बरामद


राजविराज । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका–६ बर्दहीबाट आज प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

व्यक्तिलाई जाँच गर्ने क्रममा झोला फालेर भेगेपछि प्रहरीले उक्त झोलामा कटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालले बताउनुभयो । फेला पारेका उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ भने फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545