प्रहरीभित्र बेथिती
चितवन । चितवनमा एक स्थानीयको दबाबमा जुटपानीमा नयाँ सइलाइ पठाइएको खुलेको छ । कालिका ज्याक हाउसका सञ्चालक महेश पाण्डेको दबाबमा ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका (डिएसपी) रविन कार्कीको सिफारिसमा चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) नान्तीराज गुरुङले जुटपानीमा (सई) युवराज पाण्डेलाइ पठाइएको खुुुलेको हो ।
प्रहरी स्रोतका अनुसार (एसपी) गुरुङले टाँडीका (डिएसपी) कार्कीको अनुरोधमा जुटपानीमा (सइ) पाण्डे लाइ पठाइएको बताइएको छ । केही समय ईलाका प्रहरी कार्यालय खैरहनीमा रहेर काम गर्दै आएका (सइ) पाण्डेले कालिका ज्याक हाउसका सञ्चालक आफ्नै दाइ महेश पाण्डेमार्फत इन्चार्जको लागी टाँडीका (डिएसपी) कार्कीलाई अनावश्यक दबाब दिदै आएका थिए ।
(डिएसपी) कार्की र पाण्डेको सम्बन्ध राम्रो भएकोले पनि कार्कीले पाण्डेको कुरा काट्न नसकिएको स्रोत बताउँछ । स्रोतले दिएको जानकारी अनुसार जुटपानी प्रहरी चौकीमा असइको दरबन्दी हो । असइलाइ पठाउनुपर्नेमा त्यहाँ अहिले सइलाइ पठाइएको छ ।
दरबन्दी असइको भएपनि सइलाइ पठाउने हो भने त्यहाँ असइको दरबन्दी किन राख्नुपर्यो ? एक प्रहरी भन्छन् : सँगठन स्वच्छ र पारदर्शी हुनुपर्छ, सोर्सफोर्सको आधारमा चल्ने होइन । यस्तै कारणले पनि काबिल अफिसर सधैं पछि पर्ने गरेको उनको गुनासो थियो । काबिल अफिसर खोज्नु भन्दा पनि यहाँ सोर्सफोर्स र आफ्ना मान्छे खोज्ने काम गरेको छ ।
उसो, त प्रहरी चौकी जुटपानीलाइ आकर्षक पोस्टिङका रुपमा लिइने गरिन्छ । र, त्यहाँ जान प्रहरीहरुको लडाइँ हुने गर्दछ । आकर्षक पोस्टिङको रूपमा लिइने गरेकोले पनि भनसुनका आधारमा जुनियर प्रहरीहरुले त्यहाँ जान सेटिङ मिलाउने देखी लिएर भनसुन नै गर्ने गर्छन् । हाकिम र आफ्ना बिश्वासिला ब्यक्ति बाहेक कमै प्रहरी अधिकारीले मात्रै त्यहाँ नेतृत्व पाउने र लामो समय सम्म टिक्ने गरेको गुनासो प्रहरीभित्र नै ब्यापक चल्ने गर्छ । तर, अनुशासनकै कारणले पनि कोही चुईंक्क बोल्दैनन् । हामी यस बिषयमा निरन्तर फ्लोअपमा केन्द्रित हुने छौँ ।
क्याटेगोरी : अपराध/सुरक्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्