माओवादीका उपलब्ध पदाधिकारीलाई खुमलटार बोलाइयो

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० ले उपलब्ध पदाधिकारी बैठक बोलाएको छ । स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि अनौपचारिक बैठक बोलाइएको पार्टीका कोषाध्यक्ष समेत रहेका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।
उपाध्यक्ष पम्फा भुसालले पदाधिकारी बैठक बोलाएको आफूलाई जानकारी भए पनि के विषयमा केन्द्रित भन्ने बारेमा थाहा पाइ नसकेको बताइन् ।
यसअघि मंसिर २८ मा बसेको स्थायी समिति बैठकले पुस १८ देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिसकेको मुख्यसचिव ढकालले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #माओवादीका उपलब्ध पदाधिकारीलाई खुमलटार बोलाइयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्