Techie IT
शुक्रबार, चैत्र २८,२०८१

विचाराधीन विधेयक आगामी अधिवेशनबाटै पारित गर्न विपक्षी दलसँग छलफल गर्ने कार्यदलको निर्णय


काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले संसदमा विचाराधिन विधेयकहरुलाई आगामी अधिवेशनबाट पारित गर्नेगरी विपक्षी दलसँग छलफल गर्ने निर्णय गरेको छ।

विचाराधिन विधेयकबारे समन्वय गर्न गठित कार्यदलको पहिलो बैठकको निर्णय विपक्षी दलका प्रमुख सचेतकहरुसँग कुरा गर्नको लागि एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई जिम्मेवारी दिएको कांग्रेस सांसद जीवन परियारले बताए।

बैठकले प्रतिनिधि सभाको समितिमा रहेका विधेयकहरुको अवस्थाबारे समितिमा भएका आफ्ना दलका सांसदहरुसँग यही १७ गतेभित्र अवस्थाबारे छलफल गर्ने निर्णय पनि गरेको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #विचाराधीन विधेयक आगामी अधिवेशनबाटै पारित गर्न विपक्षी दलसँग छलफल गर्ने कार्यदलको निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545