सर्वोच्च बारको निर्वाचनमा एमाले–माओवादी गठबन्धन, कांग्रेसलाई नेकपा एसको साथ

काठमाडौं । सर्बोच्च बारको निर्वाचनमा एमाले र माओवादी आबद्ध वकिलहरुबीच गठबन्धन भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनभन्दा ठिक विपरित वकिलहरुको निर्वाचनमा भने कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको छ ।
आगामी पुस २० गते हुने सर्वोच्च बार एशोसियसनको निर्वाचनमा एमालेनिकट प्रगतिशील कानून व्यवसायी संघको तर्फबाट अध्यक्षमा महेश थापा उम्मेदवार छन् ।
उनलाई समर्थन जनाउँदै माओवादीनिकट आरपिएलएको तर्फबाट सचिवमा प्रभाकर श्रेष्ठ उम्मेदवार तय भएका छन् । यसअघि एमालेनिकट पिपिएलएबाट सचिव उम्मेदवार बनेका पुष्पराज बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
दुई संगठनबीचको समझदारी अनुसार माओवादीले सचिव र २ सदस्य पाएको छ । बाँकी पदमा एमालेका उम्मेदवार छन् ।
त्यस्तै कांग्रेसनिकट डिएलए र नेकपा एसनिकट एसपिएलएबीच पनि चुनावी गठबन्धन भएको छ । उक्त गठबन्धनबाट अध्यक्षमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल उम्मेदवार छन् भने उपाध्यक्षमा नेकपा एसनिकट एसपिएलएका अम्बर बहादुर राउत उम्मेदवार छन् ।
कांग्रेससँगको गठबन्धनमा नेकपा एसले सहसचिव र २ सदस्य समेत पाएको छ । वकिलहरुको यो गठबन्धनलाई आगामी फागुनमा हुने नेपाल बारको निर्वाचनको अभ्यास मानिएको छ । यसअघि पाटन उच्च बारमा पनि एमाले र माओवादीको गठन्धनविरुद्ध कांग्रेस र नेकपा एसले बनाएको गठबन्धन पराजित भएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कांग्रेसलाई नेकपा एसको साथ, #सर्वोच्च बारको निर्वाचनमा एमाले–माओवादी गठबन्धन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्