Techie IT
शनिबार, वैशाख ६,२०८२

के विरोध खतिवडा यसपाली चाही बन्लान त मन्त्री ?


मकवानपुर संवाददाता

मकवानपुर, १ चैत्र – पछिल्लो समय मन्त्रिमण्डल फेरबदलको चर्चा भैरहदा विभिन्न नेताको नाम चर्चामा छ । तिनै मध्ये मकवानपुरबाट निर्वाचित सांसद विरोध खतिवडा पनि मन्त्री बन्ने चर्चामा छन् । चार पटकसम्म मकवानपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका खतिवडा मन्त्री बन्नेमा जिल्लाबासीहरु आशावादी देखिन्छन् । पार्टी भित्र पनि उनलाई अवसर दिनुपर्छ भन्ने चर्को दबाब छ । मकवानपरबासीले उनलाई प्रजातन्त्र पुनर्स्थापना पछि पटक पटक २०४८ ,२०५१ ,०५६ र ०७४ सालको चुनाबमा बिजय गराई संसदमा पुर्याएका थिए । विद्यार्थी जीवन देखि नै राजनीतिमा सक्रिय खतिवडाले ०३५ र०३६ सालमा भएको तत्कालिन निरङ्कुश पंचायती शासन बिरुद्द हेटौडामा भएको बिद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए।आन्दोलनको क्रममा २०३७ सालमा हालका प्रधानमन्त्री के पी शर्मा ओली र राधाकृष्ण मैनालीसंगै खतिवडाले ६ महिना सेन्ट्रल जेलमा बिताएका थिए । उनले पटक पटक गरि ५ बर्ष जेल जीवन बिताएका छन्।राजनीतिक संघर्ष जीवन बिताउदै लामो समय पार्टीको केन्द्रिय सदस्य तथा हाल नेकपा मकवानपुरको इन्चार्जको भूमिकामा समेत रहेका खतिवडा यस पाली मन्त्री बन्नेमा मकवानपुरबासी आशावादी छन्। मकवानपुरबाट अरु पार्टीबाट प्रतिनिधित्व गर्दै एक पटक मात्र संसदमा प्रवेश पाएकाले राज्यमन्त्री ,मन्त्री ,देखि उपप्रधानमन्त्री बन्ने अवसर पाएका छन् तर ‘मकवानपुर जिल्ला लाल किल्ला’ भन्ने पहिचान् बनाएको नेकपाबाट संघिय सरकारमा अहिलेसम्म प्रतिनिधित्व हुन् सकेको छैन। मकवानपुरबाट प्रतिनिधित्व गरेका कांग्रेस ,राप्रपाका सांसदहरुले मन्त्री हुने अवसर पाउँदा सधै जितिरहने खतिवडालाई नेकपाले किन अवसर दिएन भन्ने बिषयले मकवानपुरबासीले चासो ब्यक्त गर्ने गरेका छन् ।

विकासप्रेमी र हक्की नेताको परिचय बनाएका खतिवडालाई अझसम्म सरकारमा सामेल नगराईनु पार्टी नेतृत्वको भुल रहेको आम कार्यकर्ता पंक्तिको बुझाई छ । जहिले पनि सांसदको भुमिकामा मात्र देखेका खतिवडालाई भने यसपटक मकवानपुरबासी मन्त्रीको भूमिकामा हेर्ने प्रतिक्षामा छन्। सर्वसाधारणको दैनिकीसंग जोडिएको कुरालाई जहिले पनि उनले प्रभावकारी रुपमा संसदमा उठाउने गरेका छन् । गाजालाई प्रतिबन्ध होइन कानुन बनाएर व्यवस्थित खेती गर्नुपर्छ भनेर पहिला देखि नै वकालत गर्दै आए। पार्टी सरकारमा वा प्रतिपक्षमा जे भूमिकामा भए पनि आफुले देखेको कुरामा प्रस्ट धारणा राख्ने बानी उनीमा छ । जनताको भावना र मनसाय अनुसार धारणा राख्ने क्षमताका कारण पनि उनी जनता माझ लोकप्रिय छन्। यसरी धारणा राख्दा कतिपयले उनलाई पार्टी भित्रको प्रतिपक्षको संज्ञा दिएको पार्इन्छ। तर उनी आफू सरकारको विरोधी नभई सरकारबाट भए गरेका कमी कमजोरी सच्याउन आफूले रचनात्मक सुझाब दिने गरेको बताउँछन। विरोध खतिवडा जस्ता सफेद नेतालाई मन्त्रीमंडलमा लैजान नेतृत्व किन हिंचकिचाउछ रु जनताको एउटै प्रश्न छ । त्यत्रो बर्ष जेलनेल भोगेका , पार्टी, कार्यकर्ता र नागरिक माझ लोकप्रिय छवी बनाएका खतिवडालाई यसपाली पनि उपेक्षा गरिए मकवानपुरवासीको मन अवश्य कुडिनेछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545