Techie IT
शुक्रबार, वैशाख ५,२०८२

सरकारसँग वार्तामा बस्ने विप्लव समूहको निर्णय


२७ असार, काठमाडौँ । नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको छ ।

 विप्लव समूहले यसअघि प्रहरीले पक्राउ गरेका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेसम्म वार्तामा नबस्ने भन्दै आएको थियो । विप्लव समूहले वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिएको छ ।

नेकपा विप्लव समूहको एक साताअघि बसको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र मार्फत प्रस्ताव गरे वार्तामा बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझाव अनुसार वार्तामा बस्ने निर्णय गरेको विप्लव समूहले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #विप्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545