Techie IT
शनिबार, वैशाख ६,२०८२

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने


२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो

समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिए । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए ।समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए । कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिद बिक्री यो रुपमा गर्न सम्भव नभएको बताएका थिए।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545