भूकम्प पीडितका लागि १ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने एमालेको तयारी

काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले)ले जाजरकोटको भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ ।
पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने तयारी गरेको हो । केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तिमा परेकाहरूलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो ।
केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ ।
यसैगरी जाडोबाट पीडितलाई बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिए । दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङ लगायतका ठाउँमा खरिद गरिएको छ ।
पहिलो चरणको राहत सामग्री भोलिसम्म पीडितहरूसम्म पुर्याउने तयारी भएको छ । दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिए ।
एमालेले सामाजिक सेवा केन्द्रमार्फत् दुई चरण गरेर एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण तयारी गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्