Techie IT
बुधबार, चैत्र २६,२०८१

ठूला भनिएका तीन दलहरु बाहेकका लागि संसद अनुदार छ: रवि लामिछाने


काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष तीन दल बाहेकका लागि संसद अनुदार देखिएको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसदमा ठूला दलको सिण्डिकेट लादिएको हो । उनले ठूला दलको सिण्डिकेटका कारण संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न नसकेको बताएका छन् ।

‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरियो । कानून बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ,’ लामिछानेले भने ।

उनले स्वार्थका लागि मिल्न तयार दलहरू शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भने एकजुट नभएकामा असन्तुष्टि व्यक्त गरे । लामिछानेले भने, ‘शान्ति प्रक्रियाको कुरा पनि चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू विनाशर्त एकठाउँमा उभिएका देखेका छौं । कोशीमा हेर्दा त महागठबन्धन बनेको छ । ए, आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने । पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोख्यो तपाईंहरूलाई ? कस्ले रोक्यो ? कहाँ रोक्यो ? हामी नयाँ दलले ? ल बताउनुस् । अन्तर्राष्ट्रिय मान्यताअनुसार पीडितलाई मध्यनजर राखेर टुंग्याउनमा कसैले रोकेको छैन । रोकेको छ त यहाँहरूकै नियतले।’


क्याटेगोरी : banner, bannernews, राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:43 am6:26 pm +0545