Techie IT
शुक्रबार, चैत्र २८,२०८१

प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच भेटवार्ता सुरू


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता सुरू भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता सुरू भएको हो।

प्रधानमन्त्री दाहालको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौं  आएका हुन्। प्रधानमन्त्री दाहाल भेट्नुअघि महासचिव गुटेरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच विश्व शान्ति, नेपालको शान्तिप्रक्रिया,जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको
परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासचिव गुटरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्तापछि महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले गुटरेसको सम्ममानमा आज साँझ सांस्कृतिक सहितको रात्रिभोजको आयोजना गरेका छन्।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे,पोखरा,अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम तय भएको छ। मंगलबार अपरान्ह ४ बजे महासचिव गुटरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया,दिगो विकास,जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरेस नेपाल आउन आएका हुन्।


क्याटेगोरी : banner, ब्रेकिंग न्युज, राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545