Techie IT
बुधबार, माघ २३,२०८१

इजरायलमा बेपत्ता बिपिनको खोजी तीव्र छ उहाँलाई फिर्ता ल्याइन्छ : प्रधानमन्त्री


कैलाली । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इजरायल बेपत्ता भएका बिपिन जोशीको खोजी कार्य तीब्र रहेको बताएका छन् ।

कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए ।

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका कन्चनपुर भिमदत्त ३ का जोशी अहिलेसम्म सम्पर्कविहीन छन् । प्रधानमन्त्री प्रचण्डले अहिले इजरायलमा मात्र नभइ हमास आवद्द देशहरुम पनि खोजी भइरहेको बताए ।

‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’ गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर प्रधानमन्त्री प्रचण्ड समाजवादी मोर्चाको कार्यक्रममा सरिक हुन धनगढी लगेका छन् ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##breaking#। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545