एमाले बाहेकका राजनीतिक दलहरू स्वार्थ केन्द्रित हुनाले तीब्र विकास चुनौतीपूर्ण भयो: ओली

काठमाडौं, २५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलन २००७ सालदेखि सहमति र सम्झौतामा टुङ्गिँदा राष्ट्रिय आन्दोलनले झड्का खाने गरेको भन्दै अहिले पनि मुलुक अगाडि बढाउने कुरामा धेरै र नयाँ प्रकारका चुनौतीहरू
प्रवासी नेपाली संघ, भारत केन्द्रीय समितिको तेस्रो बैठकको बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) ले राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अत्यन्त महत्व दिने र छिमेकीको जायज चासोलाई पनि बुझ्ने बताउँदै ओलीले एमाले बाहेकका राजनीतिक दलहरू स्वार्थकेन्द्रित र विदेशीका लागि अनुकूल (कम्फर्टेबल) भइदिने गरेकाले पनि लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकलाई तीब्र विकासमा अगाडि बढाउने कुरा चुनौतीपूर्ण रहेको बताएका हुन् ।
कसैले जातका नाममा पहिचानका कुरा उठाइरहेको, कोही धर्म, भूगोल लगायतका विषय र कतिपयले देश बनाउन राजा चाहियो भन्ने जस्ता आवाज उठाउन थालेका हुँदा त्यस्ता हरेक गलत कुराहरूको ठाउँका ठाउँ खण्डन गर्नुपर्ने स्पष्ट पारे ।
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा प्रवासी नेपालीको योगदान महत्वपूर्ण रहेको भन्दै ओलीले भूमिकाको प्रशंसा गरे । उनले विगतमा राजनीतिक परिवर्तनका लागि योगदान गरेका प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीले तीब्र विकास र समृद्धिको अबको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष ओलीले देश सपार्ने र विगार्ने कुरा राजाको हातमा नहुने हुँदा राजतन्त्र चाहियो भन्नुको अर्थ नभएको बताए । ओलीले भने, निरङ्कुश राजतन्त्र सम्भव छैन, सेरेमोनियलले देश बनाउँदैन, कुरा नबुझेका, स्वार्थी, लोभीपापी र चाकरका सन्तानले मात्र राजा चाहियो भनिरहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्