नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैशी निर्वाचित

काठमाडौं, २४ असोज । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित भएका छन् ।
गएराति एमाले स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा छलफलपछि अछामका जैशीको नेतृत्वमा पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उपसचिव खुला पुरुषतर्फ नेपालु चौधरी, महिला उपसचिवमा कलशा महरा सर्वसम्मत चयन भएका छन् ।
सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्षसहित सबै पदाधिकारीमा उम्मेदवारी परेको थियो ।
अध्यक्षका लागि जैशीसहित अछामका कमल तिमिल्सिना, भरतबहादुर साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दिएका थिए ।
योसँगै एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी ७ प्रदेशमा अधिवेशन सम्पन्न भएको छ ।
एमालेको लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा, गण्डकीमा नवराज शर्मा र उपत्यका विशेष प्रदेशमा प्रेमकुमार पराजुली प्रदेश अध्यक्ष निर्वाचित भएका छन् ।
अब एमालेको मधेश प्रदेश अधिवेशन हुन बाँकी रहेको छ । एमाले मधेश अधिवेशन आज र भोलि मधेशको राजधानी जनकपुरधाममा हुँदैछ । मधेश अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्