Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि जनकपुरमा सुरु


काठमाडौं । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ ।

एमालेले आफ्नो प्रथम मधेस अधिवेशन सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार भन्ने मुलनाराका साथ गर्दैछ ।

पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट रहेको भएपनि सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्ने सचिव भट्टराईको भनाई छ ।

अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने जनाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545