केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा संस्थापन इतरसमूहका नेताहरुको मोर्चाबन्दी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा संस्थापन इतरसमूहका नेताहरुले मोर्चाबन्दी कसेका छन् । नेता शेखर कोइरालाको अगुवाइमा महामन्त्री गगन थापासहित देउवा विरोधी खेमाका नेताहरुको बैठक मंगलबार राजधानीको विशालनगरमा बसेको हो । बैठकले नेपाली कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । विशेषगरी पार्टीका नेता बालकृष्ण खाणलाई निलम्बन समेत गर्न सक्ने हिम्मत संस्थापनले नराखेर कमजोरी त्यहीँबाट भएको इतर समूहको निष्कर्ष छ ।
साथै बैठकले पार्टी नेताहरुको कारबाही र निलम्बन प्रक्रिया विधान अनुसार गर्नुपर्नेमा त्यसो नभएको पनि निष्कर्ष निकालेको केन्द्रीय नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । उनका अनुसार नेविसंघ, तरुण दल, महिला तथा किसान संघमा जथाभाबी मनोनीत गरिएको निष्कर्ष बैठकको छ । यस्तै प्रदेशहरुमा मन्त्रालय फुटाएर मन्त्री थप्ने कामको समेत सो समूहले विरोध गरेको छ । भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरुले जिल्ला अध्यक्ष तोक्दा समेत मनोमानी गरेको तथा क्षेत्रीय समिति, प्रदेश कार्यसमितिमा निर्वाचन हारेका मान्छेलाई केन्द्रीय समिति मनोनीत गर्ने कार्य पनि गलत भएको निष्कर्ष निकापलिएको छ । कांग्रेसमा क्षेत्रीय सभापति हारेकी लक्ष्मी खतिवडालाई केन्द्रीय सदस्य बनाइएको थियो ।
सो बैठकमा सहभागी हुनका लागि निम्ता गरिएपनि महामन्त्री विश्वप्रकाश शर्मा सहभागी भएनन् । उनी प्रकाशमान सिंह निकटका मानिन्छन् भने पछिल्ल्लो समय सिंह देउवा निकट नै मानिन्छन् । यस्तै प्रदीप पौडेल भने चीन भ्रमणमा गएकाले बैठकमा सहभागी भएनन् ।
बैठकमा उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले बैठकमा विश्वप्रकाश शर्मा सहभागी नभएको भन्दै आक्रोश पोखेका थिए । गुरुङले शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको बैठकमा बताएको एक नेताले बताए । बैठकमा गुरुङले भने, ‘दाम्लोले बाँधेर ल्याउने काम गर्नुहुँदैन । ल्याएपनि उनीहरू दाम्लो चुँडालेर भागिहाल्छन् । आउने साथीहरू आफैँ आउँछन् । हामीले कसैलाई तानेर ल्याउने कुरामा लाग्नुहुँदैन ।’ संस्थापन पक्षका केही नेताहरू आफ्नो सम्पर्कमा रहेको पनि गुरुङको भनाइ थियो ।
कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्नेमा पनि जोड दिएको छ । काँग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेण्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए÷नभएको समिक्षा गर्दै सो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको नेता बडूले बताए । बडूले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्वन गरेको कार्यतालिकालाई अवरुद्ध गर्नु नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरुको मत रहेको बताए । उनले आगामी दिनमा हुने पार्टीको नीति अधिवेशनलाई व्यवस्थित गर्नका लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि छलफल भएको जानकारी दिए । पार्टीको आगामी १५ औँ महाधिवेशनको तयारीको सम्बन्धमा पनि छलफल भएको नेता बडूले बताए ।
कांग्रेसले असोज ४ मा बोलाएको बैठक मंसिरमा हुने महासमिति बैठकका विषयमा केन्द्रित हुने बताइएको छ । साउन १० मा केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले असोज २ गते केन्द्रीय समिति बैठक बस्ने जनाएका थिए । तर गत बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज ४ का लागि केन्द्रीय कार्यसमिति बैठक सारिएको जानकारी दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्