जनताको समस्या समाधानमा लाग्न सरकारलाई केपी ओलीको सुझाव

काठमाडौं, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
सोमबार ललितपुरमा तेजाव आक्रमणविरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्टबाजीमात्रै गरेको भन्दै स्टन्टबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।
ओलीले सरकार नै तस्करीमा संलग्न भइ कमिसनखोरीमा डुबे जनताको समस्या नदेख्ने जिकिर गरे । उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिँड्दा पनि सरकारले कुनै चासो नलिँदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए ।
ओलीले समाजमा हिंसा त्रास फैलाउने कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताए । उनले तेजाव आक्रमणको कानून लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसविरुद्ध कडा कानून बनाएको दावी गरे ।
उनले तेजाव आक्रमण विरुद्धको कानूनलाई कडा रुपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमी आउन नसक्ने जिकिर गरे । कार्यक्रममा एसिड जलन पीडित एवं रास्वपा सांसद विन्दबासिनी कंसाकारले तेजाव आक्रमण विरुद्धको कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफूले सदनबाट सक्दो भूमिका निर्वाह गर्ने बताइन् ।
त्यस्तै एसिड जलन पीडित मुस्कान खातुनले एसिड पीडितलाई समाजमा निकै समस्या हुने गरेको भन्दै यसबिरुद्ध जनचेतना फैलाउनुपर्ने धारणा राखिन् । उनले आफूहरुको पीडा तत्कालीन सरकारले बुझेको र आवश्यक कानून ल्याएको भन्दै धन्यवाद दिइन् ।
तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने गरिन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्